Need Help ?
Call: +977- 026460105

जि. शि. अ.

कृष्णप्रसाद पोख्रेल

       सूचना र प्रबिधिले आज विश्व नजिक आइरहेको अवस्थामा समेत हामी हाम्रा विद्यालय र विद्यालयमा रहेका शिक्षक, विद्यार्थी भाईबहिनीहरु र अभिभावकहरुसंग अझै टाढै रहेका छौ । हामीले हाम्रा सूचना र सम्पादन गरेका कार्यहरु विद्यालयसम्म पुर्याउन र विद्यालयका आवश्यकता, चाहाना र आई परेका समस्याहरु हामी सम्म आईपुग्ने छिटो र सधै उपलब्ध हुने माध्यामको प्रयोग गर्न सकिरहेका छैनौ । कार्यालयका गतिविधिहरु सम्पूर्ण सरोकारवालाहरु माझ जानकारी गराई पारदर्शिता कायम गर्ने सन्दर्भमा स्वच्छ र पारदर्शी ढंगवाट आफ्ना क्रियाकलावहरु सञ्चालन गरी सेवाग्राहीहरुलाई बढी भन्दा बढी लाभान्वित गराउनु आजको आवश्यकता रहेको सन्दर्भमा शिक्षा विभागले प्रदान गरेको प्राविधिक सहयोगमा हामीले यस कार्यालयको वेभसाईट सञ्चालन मार्फत सूचना सम्प्रेषण गरी केही मात्रामा भए पनि कार्यालयसंग विद्यालय, समुदाय र सरोकारवाला पक्षहरु विचको दुरी घटाउने प्रयास गरेका छौ आशा छ यसले हामिलाई सहयोग पुर्याउने नै छ । जिल्ला शिक्षा कार्यालय तेह्रथुम सदैव यहाँहरुको अमुल्य साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गर्दछ ।